Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • गभर्नरबारे मुख खोले प्रचण्डले, भने – समस्या देखिएकै हो

    गभर्नरबारे मुख खोले प्रचण्डले, भने – समस्या देखिएकै हो

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल तस्विर

    धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर प्रकरणमा मुख खाेलेका छन् ।

    कैलालीको गौरीगंगा नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार धनगढी पुगेका प्रचण्डले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सरकार र गर्भनरका बीचमा समस्या देखिएको बताए।



    उनले प्रधानमन्त्री र अर्थमन्त्रीले सल्लाह गरेर नै गर्भनर हटाउने निर्णय गरेको पनि बताए । उनले भने , ‘सरकार र गर्भनरबीचमा केही समस्या त देखिएको हो। यस बारेमा वैशाख १३ गते अदालतको फैसला आउँछ, वास्तविक कुरा त्यसपछि मात्रै थाहा हुन्छ।’



    उनले महानगर र उपमहानगरको उम्मेदवारी भागबण्डाको टुंगोपछि देखिएको विवाद सामान्य भएको बताए। बुधबार गठबन्धनले महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको भागबण्डा टुंग्याएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार