Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • दशैँ-तिहारमा उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन

    दशैँ-तिहारमा उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १२ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आउँदै गरेको चाडपर्व (दशैँ, तिहार र छठ)मा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।

    मंगलबार मन्त्री खाँणले उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकहरुलाई अनुभूति हुनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।





    ‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्‍यो । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन;  उनले भने, ‘चाडपर्वमा परिवर्तन देखिनुपर्‍यो।’

    बैठकमा मन्त्री खाँणले जनतालाई मुस्कुराएर सेवा दिन निर्देशनसमेत दिए। ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन्। योजना मात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो,’ उनले भने,‘प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिन पर्‍यो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार