Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • श्री लालीगुराँस सहकारी टाट पल्टँदै : तीन दिनमा १ अर्ब ७३ करोड ‘विथड्र’ भएको खुलाशा

    श्री लालीगुराँस सहकारी टाट पल्टँदै : तीन दिनमा १ अर्ब ७३ करोड ‘विथड्र’ भएको खुलाशा

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 8.8K
    SHARES

    काठमाडौं। नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक समे फल्चा हडपेर भवन निर्माण गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा पछिल्लो समय बचत रकम झिक्नेहरुको लाइन लागेको छ ।

    फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीको मूल प्रवेशद्वार नै बन्द गरेर फल्चा निर्माण थालेपछि विवाद भएको थियो । सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको रोइकराइपछि ७ दिनका लागि मुल प्रवेशद्वार खोलिएको थियो ।



    तर, यो अवधिमा अधिकांश बचतकर्ताले आफ्नो रकम फिर्ता लिएका छन् । विगत तीन दिन यता श्री लालीगुराँस सहकारीबाट बचत तथा शेयर माग्नेहरुको लाइन लागेको छ । सहकारीमै कार्यरत एक उच्च कर्मचारीका अनुसार तीन दिनमा १ अर्ब ७३ करोड रुपैयाँ ‘विथ ड्र’ भएको छ । यही रफ्तारमा बचत रकम फिर्ता माग्नेहरु बढे भने सहकारी नै बन्द हुने अवस्थामा पुग्ने ती कर्मचारीले बताए ।



    सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न झूटो कागजात सहित अड्डा अदालतलाई गुमराहमा राखेर समे फल्चा निर्माणमा अवरुद्ध गरेपछि ललितपुरका नेवार समुदायले सहकारीमा राखेको शेयर र बचत रकम फिर्ता माग्न थालेका हुन् ।

    करिब ७ अर्ब पुँजी रहेको यो सहकारी नेपालकै ठूलो सहकारी हो । तर, भण्डारीले नेवार समुदायको भावनामा खेलबाड गरेका कारण सहकारी नै कंगाल हुने अवस्थामा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार