Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • किसान हत्या आरोपमा भारतमा गृह राज्यमन्त्रीका छोरा पक्राउ

    किसान हत्या आरोपमा भारतमा गृह राज्यमन्त्रीका छोरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ ।

    केही दिनअघि भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसामा मिश्रा मुख्य आरोपित देखिएपछि प्रहरीले पक्राउ गरेको हो । सो क्षेत्रमा किसानहरुले गरेको विरोध प्रदर्शनका क्रममा उनले आफ्नो गाडीले किचेर ४ जनाको हत्या गरेको प्रहरीको दाबी छ । सो क्रममा ८ जनाको मृत्यु भएको थियो ।



    भारतीय संचार माध्यमका अनुसार मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिई १२ घण्टासम्म सोधपुछ गरेको थियो ।



    अनुसन्धानका क्रममा उनी दोषी ठहर भएका हुन् ।

    उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार