Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राजदेवी मन्दिरमा ७ घण्टामै १४ हजार २४१ बोकाको बली

    राजदेवी मन्दिरमा ७ घण्टामै १४ हजार २४१ बोकाको बली

    अनलाइन नेपाल
  • बिहिबार, २८ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यसवर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको छ।

    बुधबार राति ८ देखि बिहिबार बिहान साढे ३ बजेसम्म चलेको बोका बलीमा १४ हजार २४१ बोकाको बली दिइएको हो।



    त्रेता युगमा मिथिलाका राजा जनकका कूलदेवता भनिएको राजदेवी मन्दिरमा हरेक वर्ष दसैंको महाअष्टमी तिथिको राति बोका बली दिइँदै आएको छ।



    २०७६ मा १४ हजार ६ सय ३३ बोका बली दिइएको थियो। वर्षमा एकपटक मात्रै बोका बली दिइँदै आएको राजदेवी मन्दिरमा अघिल्लो वर्ष कोरोना महामारीका कारण बोका बलीको संख्यामा कमी आएको थियो।

    बोका बलीका लागि यसवर्ष ४ वटा ठेहा राखिएको थियो। स्थानीय महावीर युवा कमिटीका अनुसार प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार