Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अफगानिस्तानको मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु

    अफगानिस्तानको मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असोज २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।

    घटनामा ३२ जना घाइते भएको विवरणमा जनाइएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो।



    स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको थियो।



    विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा अरसल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।

    विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ।

    गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए। (बीबीसी नेपालीको सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार