Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चीनमा फेरि फैलियो कोरोना, पहिलेको अवस्थाभन्दा झन् खराब हुन सक्ने विज्ञहरुको चेतावनी

    चीनमा फेरि फैलियो कोरोना, पहिलेको अवस्थाभन्दा झन् खराब हुन सक्ने विज्ञहरुको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फोटो: ग्लोबल टाइम्स

    काठमाडौँ । चीनमा पुन: कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ ।

    चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् । ‘डेल्टा भेरियन्ट’ अहिले चीनका ११ वटा प्रान्तमा फैलिएको बताइएको छ।



    यस्तै, चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।



    रिपोर्टका अनुसार गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए भने उनीहरु  विभिन्न १३ वटा समूहका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार