Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • बार्सिलोनाका मुख्य प्रशिक्षक कोएम्यान बर्खास्त

    बार्सिलोनाका मुख्य प्रशिक्षक कोएम्यान बर्खास्त

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानलाई बर्खास्त गरेको छ। टोलीले लगातार खराब प्रदर्शन गरेको भन्दै कोएम्यानलाई बर्खास्त गरिएको हो।

    ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १–० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो।



    भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्तीको निर्णय कोएम्यानलाई जानकारी भइसकेको बताएका छन्। यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने बताइएको छ।



    क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन्। यस सिजन बार्सिलोनाले ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोडेको छ। यस्तै च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार