Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रदेश २: पदक सम्बन्धी विधेयक प्रमाणीकरण

    प्रदेश २: पदक सम्बन्धी विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • मंगलबार, १६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । प्रदेश २ मा पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण भएको छ ।

    मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उक्त विधेयक प्रमाणिकरण गरेका हुन् ।



    नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रदेश प्रमुखले प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



    २६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणिकरणका लागि तत्कालिन प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ समक्ष जाँदा उनले केही सुझाव दिदैं विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।

    फिर्ता गरिदिएको विधेयक पछिल्लो २२ असोजमा बसेको प्रदेश सभाको बैठकले पुनः पारित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार