Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इजरायलको हवाई आक्रमणबाट दुई सर्वसाधारणसहित चार सिरियाली सैनिकको मृत्यु

    इजरायलको हवाई आक्रमणबाट दुई सर्वसाधारणसहित चार सिरियाली सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ८ मंसिर २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

    यस आक्रमणमा परी घाइते भएका अधिकांश सैनिकहरु रहेका आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले जनाएको छ ।



    सानाका अनुसार इजरायलले गरेको यस आक्रमणमा परी दुई सर्वसाधारण र दुई सैनिकको मृत्यु भएको छ । साथै, छ सैनिक र एक नागरिक घाइते भएका छन्।



    समाचारका अनुसार आक्रमण देशको मध्य भागका स्थानहरुलाई लक्षित गर्र गरिएको छ । यस आक्रमणको अन्य विस्तृत विवरण भने साना समाचार समितिले उल्लेख गरेको छैन ।

    सिरियाको हवाई सैन्यबलले यस आक्रमणलाई पन्छाएर क्षेप्यास्त्रहरू खसालेको सानाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार