Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जेठो छोरोले गरे चिर्पटले हानेर आफ्नै आमाको हत्या

    जेठो छोरोले गरे चिर्पटले हानेर आफ्नै आमाको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.2K
    SHARES

    पाल्पा । पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन् ।

    पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।



    छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार