Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अभिनेत्री वीणाको आफ्नै छोराद्वारा हत्या

    अभिनेत्री वीणाको आफ्नै छोराद्वारा हत्या

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतीय टेलिभिजन सिरियल अभिनेत्री वीणा कपुरको हत्या भएको छ । ७४ वर्षको उमेरमा उनको आफ्नै कान्छो छोरा सचिन कपुरले हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    सम्पत्तिको लोभमा सचिनले यस्तो कदम चालेको भारतीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



    वीणालाई सचिनले बेसबलको ब्याटले कुटेर मारेपछि उनको शव घरबाट ९० किलोमिटर टाढा फालिदिएको आरोप लागेको छ ।



    मुम्बई प्रहरीका अनुसार उनले आफ्नो अपराध स्वीकार गरेका छन्। सचिनले प्रहरीलाई दिएको बयानअनुसार १२ करोड भारु बराबरको सम्पत्तिका निहुँमा विवाद भएपछि उनले आफ्नो आमाको हत्या गरेका थिए।

    वीणा भारतीय टेलिभिजन उद्योगमा एक चर्चित नाम थियो । वीणा कपूरले ‘मित्ते प्यारे नु हाल मुरीदन दा कहना, दलः द ग्याङ र बन्धन फेरों के’ जस्ता फिल्ममा अभिनय गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार