Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपाल प्रहरीमा एसपीसम्मले अनिवार्य अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

    नेपाल प्रहरीमा एसपीसम्मले अनिवार्य अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीहरुले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएका छन् ।

    गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो ।



    गृहमन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष एउटै पदमा रहेर अवकाश पाउँदा उनीहरुले बढुवा पाउनेछन् । यो व्यवस्थामार्फत प्रहरी सहायक निरीक्षकमा बढुवा गर्दा प्रहरी हवल्दार र वरिष्ठ प्रहरी हवल्दार पदमा गरेको सेवा अवधि दुवै जोडिने प्रस्ताव छ ।



    यस्तै, प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी नायब निरीक्षक र वरिष्ठ प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधि पनि गणना हुने व्यवस्था गरिएको स्रोतको भनाइ छ ।

    पछिल्लो समय तल्लो दर्जाबाट बढुवा हुन जाम लागेकाले मनोबल गिरेको भन्दै प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तीन वटा दर्जा पनि थप गरेको छ ।

    थप गरिएका दर्जामा प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार