Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कक्षा १२ को नतिजा प्रकाशित: एमालेकी सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

    कक्षा १२ को नतिजा प्रकाशित: एमालेकी सांसद शान्ता चौधरीले भेटिनन् सिम्बोल नम्बर

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् ।

    गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् ।



    सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर जानकारी दिने बताइन् । उनले समाजशास्त्र विषय लिएर अध्ययन गरेकी थिइन् ।



    प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलकी सचेतक समेत रहेकी पूर्वकमलरी चौधरीले १८ वर्ष कमलहरी बस्दा पढ्न पाएकी थिइनन् । उनले २०७६ सालमा एसईई परीक्षा पास गरेकी थिइन् ।

    यस्तै, नायिका करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नायिका मानन्धर २.४१ जिपिए ल्याएर उत्तीर्ण भएकी हुन् । उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन् ।

    किटनी कलेज गोदावरीमा अंग्रेजी बिषयमा अध्ययन गरेकी नायिका मानन्धरले परीक्षाका बेला आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर परीक्षाको बारेमा जानकारी लिएको बताएकी थिइन्।

    परीक्षा गत भदौं ३० गतेदेखि सुरु भएर असोज ८ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी भएका थिए।

    उत्रीणपछि नायिका मानन्धरले अब स्नातक पढ्ने योजना रहेको बताएकी छिन् । यद्यपि उनले कहाँ र कुन बिषयमा पढ्नेबारे केही खुलाईनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार