Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रेशम चौधरीलाई अफताबसँग जोड्नु हुँदैन, निशर्त छाड्नु पर्छ : शान्ता चौधरी

    रेशम चौधरीलाई अफताबसँग जोड्नु हुँदैन, निशर्त छाड्नु पर्छ : शान्ता चौधरी

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 852
    SHARES

    काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई अफताब आलमसँग जोड्न नहुने बताएकी छिन् । सामाजिक सञ्जालमार्फत शान्ताले रेशम चौधरीको बाहानामा सरकारले कांग्रेस नेता अफताब आलमलाई पनि सँगै छुटाउन चाहेको बताएकी हुन् ।

    उनले रेशम चौधरीलाई निसर्त छाड्नुपर्ने भन्दै आलम र रेशमलाई सँगै जोडेर हेर्न नहुने बताइन् । उनले लेखेकी छन्, ‘रेशम चौधरीको बहानामा अफताब आलम पनि सँगै छुटाउन चाहन्छ देउवा सरकार १ रेशम चौधरीलाई निसर्त छोड्नु पर्छ, रेशम चौधरीलाई अफताब आलम सँग जोडनु हुँदैन १’



    कांग्रेस नेता आलम ‘इँटा भट्टामा जिउँदै मान्छे पोलेको’ अभियोगमा जेल जीवन बिताइरहेका छन् । रेशम चौधरी कैलालीको टिकापुर घटनाको मुख्य योजनाकार भएको अभियोगमा आजीवन काराबासको सजाय भोगिरहेका छन् ।



    सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

    सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रतिपक्ष मात्र नभइ सत्तारुढ दलभित्रैबाट पनि विरोध भएको छ ।

    अहिले नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् । हालैको निर्वाचनमा सत्तारूढ दलको स्पष्ट बहुमत आउन नसकेपछि ती दलका नेताहरूले चौधरीलाई मुक्त गरी उनको पार्टी नागरिक उन्मुक्तिको सहयोग लिनेगरी गृहकार्य थालेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार