Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कांग्रेस महाधिवेशन : गण्डकी प्रदेशमा मतगणना शुरु

    कांग्रेस महाधिवेशन : गण्डकी प्रदेशमा मतगणना शुरु

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.8K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशमा कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । न गण्डकी प्रदेश सभापतिसहित पदाधिकारीका लागि शनिबार सम्पन्न भएको मतदानको अहिले आठ बजेदेखि मतगणना सुरु गरिएको हो ।

    मतगणनाका सवै प्रक्रिया पूरा गरेर प्रदेश सभापतिसहितका पदाधिकारीको मतगणना शुरु गरिएको कास्की कांग्रेसका निवर्तमान सभापति एवं निर्वाचन संयोजक कृष्ण केसीले जानकारी दिए । उनले निर्वाचन साँझ ५ बजे सकिएको भएपनि सवै प्रक्रिया पूरा गर्दा मतगणना गर्न ढिला भएको बताए ।



    अधिवेशनमा एक हजार १६५ प्रतिनिधि मतदाता रहेकोमा एक हजार १ सय ४६ मत खसेको थियो। प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल निकटस्थहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् ।



    संस्थापन पक्षबाट सभापतिमा पर्वतका अर्जुन प्रसाद जोशी र संस्थापन इतर पक्षबाट कास्कीका शुक्रराज शर्माले उमेदवारी दिएका थिए । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्री सहित ६८ पदका लागि १५० जनाले प्रतिस्पर्धा गरेका छन्।

    संस्थापन पक्षका सभापतिमा अर्जुन जोशीको प्यानलबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डेले उम्मेदवारी बनेका छन् । सहमहामन्त्रीमा राजन राज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् ।

    संस्थापन इतरबाट उपसभापतिमा बागलुङका हरिप्रसाद श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारी उमेदवार बनेका छन । महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाट प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार