Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • हेलिकप्टर दुर्घटनामा सीडीएस विपिन रावतको मृत्युबारे छानविन सुरु: भारतीय रक्षामन्त्री सिंह

    हेलिकप्टर दुर्घटनामा सीडीएस विपिन रावतको मृत्युबारे छानविन सुरु: भारतीय रक्षामन्त्री सिंह

    अनलाइन नेपाल
  • बिहिबार, २३ मंसिर २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंहले सेनाको हेलिकप्टर दुर्घटनाबारे लोकसभामा सम्बोधन गरेका छन् ।

    बुधबार भएको हेलिकप्टर दुर्घटनाबारे लोकसभामा सम्बोधन गर्दै मन्त्री सिंहले दुर्घटनाबारे छानविन सुरु भएको जानकारी गराए ।



    रक्षामन्त्री सिंहका अनुसार हेलिकप्टर दुर्घटनाबारे त्रिपक्षीय छानविन गर्न आदेश दिइएको छ । अनुसन्धानका लागि एयर मार्शल मानवेन्द्र सिंह नेतृत्वको टोली खटिने मन्त्री सिंहले लोकसभालाई बताए।



    बुधबार भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा भारतीय चिफ अफ डिफेन्स स्टाफ( सीडीएस) विपीन राउत र उनकी पत्नीसहित १३ जना सैनिक अधिकारीको मृत्यु भएको थियो।

    रावत भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ समेत हुन् । उनलाई गत वर्ष जनवरीमा सरकारले सो पदमा नियुक्त गरेको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार