Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय र चिनियाँ सेनाबीच भएको झडपबारे भारतका रक्षामन्त्री राजनाथ सिंहले जवाफ दिने

    भारतीय र चिनियाँ सेनाबीच भएको झडपबारे भारतका रक्षामन्त्री राजनाथ सिंहले जवाफ दिने

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 855
    SHARES

    काठमाडौं । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा चीन र भारतका सैनिकबीच भएको झडपपछि रक्षामन्त्री राजनाथ सिंहले दिउँसो १२ : ३० बजे लोकसभा र २ बजे राज्यसभामा सरकारको तर्फबाट बयान दिनेछन् ।

    सोमबार साँझ चिनियाँ सैनिक र भारतीय सैनिकबीच भएको झडपमा दुवै देशका धेरै सैनिक घाइते भएको खबर आएको थियो । चिनियाँ सैनिकहरूले भारतीय सैनिकको पोस्ट हटाउन खोजेपछि झडप भएको थियो ।



    चिनियाँ सैनिकले काँडेदार लाठीले भारतीय सैनिकमा आक्रमण गरेका जनाइएको छ ।



    लोकसभामा कांग्रेस प्रमुख मल्लिकार्जुन खर्गेले सरकारको मौनतामाथि प्रश्न उठाएका छन् । विपक्षी नेताहरूले संसदमा मोदी सरकारलाई घेरेर डिसेम्बर ९ मा तवाङ सेक्टरमा झडप भएको र सरकारबाट कुनै प्रतिक्रिया नआएको बताए।

    यस विषयमा संसदमा हंगामा भएको छ । सरकारले तत्काल जवाफ दिनुपर्ने प्रतिपक्षको भनाइ छ ।

    ९ डिसेम्बरमा अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारत र चीनका सैनिकबीच झडप भएको थियो, जसमा दुवै पक्षका केही सैनिक घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार