Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अब कलेज ड्रेसमा टीकटक बनाए मोवाइल जफत र कारबाही

    अब कलेज ड्रेसमा टीकटक बनाए मोवाइल जफत र कारबाही

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस पोशाक (कलेज ड्रेस)मा टीकटक बनाउन रोक लगाउने निर्णय गरेको छ ।

    विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्र टीकटक बनाएको गुनासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको हो ।



    अबदेखि क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टीकटक भिडिओ बनाउन रोक लगाएको हो ।



    सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचारसंहित अनुसार कारबाही गरिने जनाइएको छ ।

    क्याम्पसले हिजो एक विज्ञप्ति जारी गर्दै कलेज ड्रेसमा टिकटक बनाए कारबाही गर्ने जनाएको हो । कलेजद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘उपरोक्त विषयमा यस घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुले स्मार्ट मोवाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पस संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको छ । यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोवाइल नियन्त्रणमा लिई आचार संहिता अनुसार कारबाही हुने कुरा सूचित गरिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार