Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसएसपी सुदीप गिरीले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

    एसएसपी सुदीप गिरीले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । अन्तत: महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एसएसपी गिरीले शुक्रबार काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन् ।



    गिरीको गत कात्तिकमै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि शक्ति केन्द्रका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन।



    गृह मन्त्रालयले यसअघि काठमाडौंका एसएसपी अशोक सिंहलाई हटाएर गिरीलाई जिम्मेवारी दिने निर्णय गरे पनि सो निर्णय कार्यान्वयनमा गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री शेरबहादुर देउवाबीच स्वार्थ बाँझिएको थियो । जसका कारण गिरी लामो समयसम्म कार्यालयमा हाजिर हुन सकेका थिएनन्।

    २०७७ मंसिर ५ मा काठमाडौं प्रहरी प्रमुख बनेका सिंहलाई भने भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार