Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौँका एसएसपीले नै गरे कोरोना मापदण्डको उलंघन

    काठमाडौँका एसएसपीले नै गरे कोरोना मापदण्डको उलंघन

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी सुदीप गिरीले नै कोरोना रोकथामसम्बन्धी नियमको उलंघन गरेका छन् ।

    परिसरले आइतबार साँझ अनलाइनमार्फत् जुवा खेलमा संलग्न रहेको आरोपमा ७४ जनालाई पक्राउ गरेको थियो ।



    तर, एसएसपी गिरीले पक्राउ परेकाहरुलाई सार्वजनिक गर्ने क्रममा स्वास्थ्यको न्युनतम मापदण्ड पालना समेत गरेको देखिएन। परिसरले सार्वजनिक गरेको फोटोमा पक्राउ परेकाहरुको ठूलो भीड देखिएको छ ।



    पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

    गत माघ १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढीलाई भेला हुन रोक लगाउनुको साथै खोप कार्ड समेत अनिवार्य हुनुपर्ने नियम बनाएको छ। तर, एसएसपी गिरीले सस्तो प्रचारका लागि पक्राउ परेकाहरुलाई भीड भाड गराई सार्वजनिक गराएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार