Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिनियरलाई उछिनेर डिआईजी बन्न खोजेका ‘सिंघम’ एसएसपीमाथि गृहको कारबाही !

    सिनियरलाई उछिनेर डिआईजी बन्न खोजेका ‘सिंघम’ एसएसपीमाथि गृहको कारबाही !

    अनलाइन नेपाल
  • बिहिबार, १५ पुष २०७८
  • 4.1K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका बेला प्रहरी आचरण विपरित काम गरेको भन्दै एसएसपी अशोक सिंहमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।

    गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको हो । बिजुलीबजारका राजकुमार बरालले आफू पीडित भएको भन्दै गृह मन्त्रालयमा पुस ८ गते निवेदन दिएका थिए । गृहले सोही निवेदनको आधारमा पुस ९ गते छानविन गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको थियो ।



    बरालले आफ्नो हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउन खोज्ने सुभास भेटवालसँग मिलेर एसएसपी सिंहले तिर्नै नपर्ने रकम तिर्न भन्दै उल्टै आफूलाई धम्की दिएको उजुरीमा उल्लेख गरेका छन् ।



    प्रहरी प्रधान कार्यालयले डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको बरालको आरोप छ ।

    असोज २२ गते नयाँ बानेश्वमा बसेर भेटवाललगायतसँग तास खेलेका बरालको चेक सोही दिन हराएको निवेदनमा उल्लेख छ । तास खेलेको दिन चेकको बारेमा केही थाहा नभएको र भोलिपल्ट घर पुगेर हेर्दा आफ्नो झोलामा रहेको बैंक अफ काठमाण्डू, कमलादी शाखाको ७ थान चेक हराएको बरालले थाहा पाएका थिए ।

    त्यसपछि चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिए। बरालको निवेदन परेपछि बानेश्वरले चेक नभेटिएको जानकारी उनलाई गरायो । तर, परिसरका तत्कालिन एसएसपी अशाेक सिंहले भने आफूलाई टेकु बोलाएर पैसा तिर्न दबाब दिएकाे बरालले जनाएका छन् ।

    भेटवालले तास खेल्ने क्रममा उक्त चेक बरालले आफूलाई दिएको प्रहरीसमक्ष बताए पनि बरालले भने चेक नदिएको र पैसा तिर्न पनि बाँकी नभएको जनाएका छन् ।

    काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष असोज २५ गते चेक दाखिला गरिएको थियो। परीक्षणका लागि प्रहरीले आफ्नो हस्ताक्षरसमेत लिएको र जाँच गरेपछि बोलाउने भनिएकोमा अहिलेसम्म खबर नगरिएको बरालको भनाइ छ। बरालले चेकमा भरिएको रकम तिर्न एसएसपी सिंहले आफूलाई दबाब दिएको भन्दै उजुरी दिएका थिए ।

    एसएसपी सिंहको सरुवा भएपछि पीडितको जानकारी बिना नै भेटवाललाई प्रहरीले चेक फिर्ता दिएपछि सो विषय सार्वजनिक भएको हो। बराललाई टेकु बाेलाएर एसएसपी सिंहले भेटवालसँगै राखी अश्लील गालीगलौज र धम्की दिँदै तुरुन्त पैसा तिर्न निर्देशन दिएका थिए ।

    बरालले भेटवालसँग आफ्ने कुनै पनि लेनदेन नै नभएको र यति ठूलो रकम तिर्ने मेरो हैसियत पनि होइन भन्दा एसएसपी सिंहले उल्टै तलाई कुनै न कुनै बेला मुद्दा लगाएर फसाउँछु भन्दै धम्की दिएकाे उजुरीमा उल्लेख गरेका छन् ।

    विवादै विवादमा अशोक सिंह
    एसएसपी अशोक सिंह यसअघि पनि पटक–पटक विवादमा आएका प्रहरी अधिकारी हुन् । इन्सपेक्टरदेखि एसएसपीसम्म आइपुग्दा उनको छवी राम्रो छैन । केपी ओलीको सरकार ढल्ने बेलामा डिआईजी बन्न ओलीबाट आश्वासन पाएपछि सिंहले फौजदारी मुद्दाका अभियुक्त नवराज सिलवालसँग बयान नै नलिइकन सरकारी वकिल कार्यालयलमा मुद्दा बुझाएका थिए ।

    यसभन्दा अगाडिका कुनै पनि एसएसपीले सिलवालको मुद्दा बुझाएका थिएनन् । किनकी फौजदारी मुद्दाका अभियुक्तसँग बयान नलिईकन मुद्दा बुझाउन मिल्दैन । तर, सिंहले ओलीको आश्वासनमा परेर सिलवालको कीर्ते मुद्दा बयान नै नलिइ बुझाएका थिए ।

    त्यस्तै सिंहले महानगरिय प्रहरी परिसरको भवन बनाई रहेका ठेकेदार अच्यूत खरेलसँग मिलेमतो गरी भवनको लागत बढाएर करिव ४० लाख कमिसन लिएका थिए । सानातिना हुण्डी कारोबारीलाई पक्राउ गरी तुरुन्तै मिडियामा प्रेस रिलिज पठाउने एसएसपी सिंहले उनीहरूलाई २४ दिनसम्म थुनामा राख्दथे । तर, ९० लाख भन्दा बढी अवैध रकमसहित पक्राउ परेका तरुण खेम्का नामका हुण्डी कारोबारीको मुद्दा भने दुई दिनमै बुझाएर उन्मुक्ति दिएका थिए ।

    एसएसपी सिंहको काठमाडौंका ठूला मिटरब्याजका कारोबारीसँग पनि उठबस रहँदै आएको छ । हुण्डीका डन मानिने दरबारमार्गका व्यापारी रुपेश पाण्डेसँग उनको सेटिङ चल्दै आएको प्ररिसरकै प्रहरी अधिकारी बताउँछन् । पाण्डैकै योजनामा केही समय अघि दरबारमार्गस्थित विईङ ह्युमनमा छापा मारी सिंहले ६९ लाख अवैध रकम बरामद गरेका थिए । विईङ ह्युमन र पाण्डेको पसल सँगै रहेको छ । सिंहले उक्त मुद्दा पनि २ दिनमै सम्पत्ति सुद्दिकरण विभागमा बुझाएका थिए ।

    गृहमन्त्री बालकृष्ण खाँडले एक वर्ष अवधि पुग्न लागेका एसएसपीहरुको सरुवा गर्दा सिंहको पनि भैरहवा विमानस्थलमा सरुवा भएकाे थियाे । तर, कांग्रेस महाधिवेशन अगाडि सिंहले खाँडविरुद्ध बालुवाटारमा कुरा लगाई सरुवा रोकाएका थिए ।

    एसएसपी सिंह परिसरमा रहँदै सिनियर एसएसपीहरुलाई पछि पारी डिआईजीमा बढुवा हुने योजनामा थिए । त्यसका लागि उनले बालुवाटारसम्म आर्थिक चलखेल गरेको सूचना आईजीपीदेखि गृहमन्त्रालयसम्म पुगेको थियो । गृहमन्त्री खाँडले सिंहको योजनालाई चकनाचुर पारिदिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार