Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डिआईजी बन्न चलखेलमा ब्यस्त एसएसपीमाथि कारबाही सिफारिस , जुवाको पैसामा स्वार्थ राखेको निष्कर्ष

    डिआईजी बन्न चलखेलमा ब्यस्त एसएसपीमाथि कारबाही सिफारिस , जुवाको पैसामा स्वार्थ राखेको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका बेला जुवाको चेक लेनदेनमा मुछिएका एसएसपी अशोक सिंहमाथि कारबाही सिफारिस भएको छ ।

    डिआइजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले सिंहको गलत नियत देखिएको उल्लेख गर्दै कारबाहीका लागि सिफारिस गरेको हो । सिंहमाथि अब गृह मन्त्रालयले कारबाही प्रकृया अगाडि बढाउने छ ।



    एसएसपी सिंह राजकुमार बोहोराको हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउन खोज्ने सुभास भेटवालसँग मिलेको देखिएको समितिको निष्कर्ष छ । भेटवालले उक्त चेक हराएको भन्दै चेकमा भएको रकमको माग गरी प्रहरीमा उजुरी गरेका थिए । आफ्नो चेक चोरी गरेर त्यसमा बोहोराले नै रकम भरेको भेटवालले दाबी गरेका थिए ।



    भेटवालको निवदेनका आधारमा परिसको टोलीले चेक हराएको ठाउँमा जुवा खेलेको भनेर घटनास्थलको मुुचुल्का पनि गरेको थियो । जसका आधारमा जुवा मुद्दा चलाउनुपर्ने देखिएकोमा त्यसतर्फ प्रहरीले अनुसन्धान नगर्नु गलत भएको छानबिन समितिको निष्कर्ष छ ।

    भेटवालको पक्ष लिएर चेकको रकम फिर्ता गर्न एसएसपी सिंहले दबाब दिएका थिए । यसैमा उनको ठूलो आर्थिक स्वार्थ रहेको देखिएको छ । सरुवा हुने दिनमा एसएसपी सिंहले भेटवाललाई चेक फिर्ता गरेका थिए ।

    जून विषयमा छानबिन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । छानबिन समितिमा एसपी आभूषण तिमल्सिना र डिएसपी सन्तोष तामाङ पनि सदस्य थिए ।

    २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका सिंह अहिले डिआईजी बन्न सर्वाधिक चलखेल गरिरहेका छन् । झण्डै दुई वर्ष अघि एसएसपीमा बढुवा भएकाहरुलाई पछि पार्दै सिंह डिआईजी बन्न खोजिरहेका छन् । एसएसपी सिंहले बढुवाका लागि प्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणासम्म दबाब दिने गरेको प्रहरीभित्र चर्चा छ ।

    जबकी २०७५ फागुनमा एसएसपीमा बढुवा भएका झण्डै एक र्दर्जन प्रहरी अधिकृतहरु बढुवाको लाइनमा छन् । एसएसपी सिंह जुनियर भएर पनि चलखेल गरेर डिआईजी बन्ने खेलमा लागेका थिए । तर, कारबाहीमा पर्ने भएपछि उनको डिआईजी बन्ने सपना तुहिने भएको छ ।

    गृह मन्त्रालयले एसएसपीहरुको सरुवा गर्दा अटेर गरी उनले बालुवाटारबाट दबाब दिन लगाई लामो समय परिसरमा बिताएका थिए । एसएसपी सिंहले गृहमन्त्री बालकृष्ण खाँडलाई बालुवाटारबाट दबाब दिन लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार