Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ओमिक्रोन बढेपछि नेदरल्यान्डसमा लकडाउन

    ओमिक्रोन बढेपछि नेदरल्यान्डसमा लकडाउन

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । ओमिक्रोन भेरियन्ट बढेपछि नेदरल्यान्ड्समा लकडाउन घोषणा गरिएको छ ।

    अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण बढेपछि नेदरल्यान्ड्समा आगामी १४ जनवरीसम्म लकडाउन गरिएको हो।



    सम्पूर्ण अत्यावश्यक बाहेकका पसलहरु, सांस्कृतिक तथा मनोरन्जन स्थल बन्द हुने भएका हुन् । त्यस्तै, ९ जनवरीसम्म सम्पूर्ण विद्यालय बन्द हुनेछन् ।



    युरोपेली मुलुक नेदरल्यान्ड्समा ओमिक्रोन भेरियन्ट तीव्र ढंगले फैलिएको छ । इयु प्रमुख युर्सुला भोन डेर लेयनले जनवरीको मध्येमा ओमिक्रोन भेरियन्टबाट सम्पूर्ण युरोप नै तहसनहस हुने चेतावनी दिएका छन् ।

    ओमिक्रोन फैलिएपछि युरोपका विभिन्न देशहरुले विभिन्न प्रतिबन्ध लगाएका छन् । ओमिक्रोन भेरियन्ट नोभेम्बरको अन्त्यतिर सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार