Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • युरोकप : नेदरल्याण्ड्सदवारा युक्रेन पराजित

    युरोकप : नेदरल्याण्ड्सदवारा युक्रेन पराजित

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । युरोकप फुटबलमा आइतबार राति भएको समूह सीको खेलमा नेदरल्याड्सले युक्रेनलाई पराजित गरेको छ ।

    नेदरल्याण्ड्सले युक्रेनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । डच टिमका लागि खेलको ५२ औँ मिनेटमा जर्जिनिओ वाइनाल्डम, ५८ औँ मिनेटमा वाउट वेघोर्स्त र ८५ औँ मिनेटमा डेन्जेल डमफ्रीजले गोल गरेका हुन् ।



    युक्रेनका लागि खेलको ७५ औँ मिनेटमा एन्ड्री यरमोलेन्का र ७९ औँ मिनेटमा रामन यरियमचिकले गोल गरे ।



    बिहीबार युक्रेनले नर्थ मेसेडोनिया तथा नेदरल्याण्ड्सले अस्ट्रियासँग खेल्ने छन् ।

    आइतबार राति नै भएको अर्को खेलमा अस्ट्रियाले नर्थ मेसेडोनियामाथि ३–१ गोलको जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार