Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • युरोकप छनोट : स्पेन र स्वीट्जरल्यान्डको विजयी सुरुवात

    युरोकप छनोट : स्पेन र स्वीट्जरल्यान्डको विजयी सुरुवात

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 528
    SHARES

    एजेन्सी । स्पेन र स्वीट्जरल्यान्डले युरोकप सन् २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेका छन् । स्पेनले घरेलु मैदानमा नर्वेलाई ३–० गोलले पराजित गरेको हो ।

    स्पेनका जोसेलुले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे । जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । यही समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० गोलले पराजित गरी ३ अङ्क जोडेको छ ।



    त्यस्तै स्वीट्जरल्यान्डले बेलारुसलाई ५–० गोलको फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डका रेनाटो स्टेफेनले २९ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए ।



    ग्रानिट झाँका र जेकी एमडोउनीले समान एक/एक गोल गरे । जितसँगै स्वीट्जरल्यान्डले समूह ‘आई’ मा ३ अङ्क जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार