Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युरोकप : स्विडेन र बेल्जियमको खेल चलिरहेका बेला गोली चल्यो, खेल रद्द

    युरोकप : स्विडेन र बेल्जियमको खेल चलिरहेका बेला गोली चल्यो, खेल रद्द

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 837
    SHARES

    काठमाडौं । युरो–२०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल सुरक्षाका कारण स्थगित गरिएको छ ।

    यी दुई टिमबीचको खेलअघि ब्रसेल्समा दुईजनाको गोली हानी हत्या भएपछि सुरक्षाका कारणले हाफ टाइममा रोकिएको हो । मैदान बाहिर गोली चलेपछि मध्यान्तरपछि सुरक्षाको कारण भन्दै खेल रोकिएको थियो।



    पहिलो हाफसम्म दुबै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। भ्रमणकारी टोली स्विडेनका भिक्टर ग्योकेरसले १५औं मिनेटमा अग्रता लिए ।​ रोमेलु लुकाकुले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।



    तर, मध्यान्तरमा गोली चलेपछि खेल सुरु हुँनै सकेन। स्थानीय पुलिसले स्विडेन टोलीलाई तत्काल मैदानबाट कडा सुरक्षाबीच विमानस्थल पुर्याएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार