Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • फिफा विश्वकप २०२२

    अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा, अमेरिका बाहिरियो

    अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा, अमेरिका बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    डेन्जल डम्फ्रिजको उत्कृष्ट प्रदर्शनप्रेरित नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।



    खेलेका पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनलमा पुर्याउन डम्फ्रिजले दुई असिस्ट र एक गोलसहित उत्कृष्ट प्रर्दन गरे । अमेरिकाको तर्फबाट हाजी राइटले गोल गरे ।



    अब नेदरल्याण्ड्सले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिना र अस्ट्रेलियाको विजेतासँग खेल्ने छ । अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल पनि आज राति नै हुनेछ ।

    १२ औँ पटक विश्वकप खेलेको अमेरिका भने लगातार चौथो पटक नकआउट चरणबाट बाहिरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार