Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फेरि बढ्न थाल्यो कोरोना: निको हुनेभन्दा संक्रमितको संख्या धेरै, तीन जनाको मृत्यु

    फेरि बढ्न थाल्यो कोरोना: निको हुनेभन्दा संक्रमितको संख्या धेरै, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ०८९ जनामा कोरोना परीक्षण गर्दा २९० मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।



    यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार २४२ पुगेको छ । संक्रमितको संख्या पछिल्ला केही दिनभन्दा आज बढेको मन्त्रालयको तथ्यांकले जनाएको छ।



    यस्तै, पछिल्लो समय थप २३२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको  हुनेको सङ्ख्या आठ लाख ९ हजार ३८७  पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७७ पुगेको छ ।

    त्यसैगरी पछिल्लो समय २ लाख ४७ हजार ८१४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार