Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसएसपी यादवको पोस्टमार्टम रिपोर्ट: झुण्डिएरै आत्महत्या गरेको पुष्टि

    एसएसपी यादवको पोस्टमार्टम रिपोर्ट: झुण्डिएरै आत्महत्या गरेको पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.3K
    SHARES

    बुटवल । संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको मृत्यु ‘ह्यांगगिङ्ग’(झुन्डी आत्महत्या)का कारण नै भएको पुष्टि भएको छ।

    शुक्रबार दिउँसो आफ्नै क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेका यादवको हिजो राति नै स्थानीय भीम अस्पतालमा गरिएको पोस्टमार्टम गरिएको थियो। जसअनुसार उनको मृत्यु ‘ह्यांगगिङ्ग’ले नै भएको पुष्टि भएको छ।



    पोस्टमार्टमपश्चात शनिबार बिहान मृतक यादवका वुवा शिवप्रसाद यादवले उनको शव बुझेका छन् । शवको दाहसंस्कारका लागि गृहजिल्ला नवलपरासीमा लगिएको बताइएको छ ।



    २०४९ सालमा सेवा प्रवेश गरेका र ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा रहेका यादव नवलपरासी रामग्राम नगरपालिका-२ निवासी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार