Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एसएसपी यादव मृत्यु प्रकरण: सूक्ष्मरुपले अनुसन्धान गर्न गृहमन्त्री खाँणको निर्देशन

    एसएसपी यादव मृत्यु प्रकरण: सूक्ष्मरुपले अनुसन्धान गर्न गृहमन्त्री खाँणको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका एसएसपी सुशील कुमार यादवको घटनालाई सूक्ष्मरुपले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

    शुक्रबार साँझ घटनास्थलमै पुगेर गृहमन्त्री खाँणले यादवको परिवारसँग भेटघाट गरेका गृहमन्त्री खाँणले घटनाको सत्यतथ्य सहित सूक्ष्मरुपमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।



    एसएपी यादव शुक्रबार आफ्नै कार्यालयको क्वार्टरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । २०४९ सालमा सेवा प्रवेश गरेका र ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा रहेका यादव नवलपरासी रामग्राम नगरपालिका-२ निवासी हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार