Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बालुवाटार जग्गा काण्ड : गोविन्दलाल संघाईदेखि मिनबहादुर गुरुङसम्मलाई मुद्दा चलाउने सिआईबीको तयारी

    बालुवाटार जग्गा काण्ड : गोविन्दलाल संघाईदेखि मिनबहादुर गुरुङसम्मलाई मुद्दा चलाउने सिआईबीको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा (ललिता निवास) प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सरकारी जग्गा आफ्नो नाममा बनाउने सबैलाई प्रतिवादी बनाएर सिआईबीले मुद्दा दायर गर्ने तयारी थालेको छ ।

    सिआईबीले ललिता निवास जग्गा घोटालाका मुख्य नाइके भाटभटेनी सुपमार्केटका प्रमुख मिनबहादुर गुरुङ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाई, विचौलियाका रुपमा चिनिने कैलाशचन्द्र गोयललगायत दर्जनौं व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको छ ।



    सिआईबीले केही दिनअघि ललिता निवास जग्गा घोटालाका नाइके रामकुमार सुवेदी र उनकी पत्नि माधवी सुवेदीलाई सरकारी कागजात कीर्ते ठगीमाम पक्राउ गरेर मुद्दा चलाएको थियो ।



    ललिता निवासको सरकारी जग्गा हिनामिनाका मुख्य नाइके मिनबहादुर गुरुङविरुद्ध यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५० करोड भन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

    ललिता निवासको ११२ रोपनीजग्गामध्ये आधाभन्दा बढी जग्गा गुरुङले शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलगायतसँगको मिलोमतोमा खरिद गरेका थिए । सिआईबीले पक्राउ गरेका सुवेदीको नाममा मात्रै २२ रोपनी जग्गा रहेको अनुसन्धानमा खुलेको थियो ।

    नक्कली मोही खडा गरेर गुरुङले नै सबैभन्दा बढी जग्गा आफन्त र नातागोता मात्रै होइन विभिन्न व्यापारीलाई बेचेका थिए । गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेका छन् ।

    त्यस्तै, आफूलाई स्वघोषित रुपमा देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईमाथि पनि सिआईबीले अनुसन्धान गरिरहेको छ । गोविन्दलाल संघाईले ललिता निवासको सिट नम्बर १०२५–१५ मा कित्ता नम्बरहरु ५०१, ४५७, ५००, ४९७ र ४८९ का जग्गाहरु कीर्ते गरी आफ्नो नाममा पारेका थिए ।

    संघाईकै भाई रामचन्द्र संघाईमाथि पनि रमेशकुमार अग्रवालको जाहेरीमा ठगी र मुद्दा अपचलनमा सिआईबीले छुट्टै अनुसन्धान गरिरहेको छ । गोविन्दलाल र रामचन्द्रले सिद्धार्थ ग्यास उद्योगका २५ प्रतिशत शेयरहोल्डर रमेशकुमार अग्रवाललाई गुण्डागर्दी शैलीमा धम्की दिएर शेयर हत्याएको भन्द्र अग्रवालले सिआईबीमा उजुरी दिएका थिए ।

    यसअघि २०६९ सालमा दुग्ध विकास संस्थान (डीडीसी)को ठेक्का पार्न सरकारी कागजात कीर्ते गरी नक्कली कर चुक्ता प्रमाण पत्र पेश गरेको अभियोगमा गोविन्दलाल संघाई पक्राउ परेका थिए । अहिले भने गोविन्दलालमाथि सरकारी जग्गा कीर्ते गरि हत्याएको अभियोगमा मुद्दा लगाउने सिआइबीको तयारी छ ।

    त्यस्तै, मारवाडी सेवा समितिका अध्यक्ष समेत रहेका कैलासचन्द्र गोयलले ललिता निवासको करिब २५ रोपनी जग्गा आफ्नो नाममा दर्ता गरेका थिए । गोयल नेपालमा ब्यापार भन्दा पनि अदालतमा बिचौलियाको काम गरी अरबौंपति भएका हुन् ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाई प्रभुसँग सेटिङ मिलाएर गोयलले विचौलियाको काम गर्दै आएका छन् । गोयल ट्रेडमार्क चोरीका अभियुक्त समेत हुन् । गोयलको सेटिङका कारण सक्कली टे«डमार्कको हकदार कन्साइले उद्योग विभागमा मुद्दा हारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार