Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोइला बालेर सुतेका श्रीमानको निसास्सिएर मृत्यु, श्रीमतीको अवस्था सामान्य

    कोइला बालेर सुतेका श्रीमानको निसास्सिएर मृत्यु, श्रीमतीको अवस्था सामान्य

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    दाङ । दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ ।

     



    प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।



    शुक्रबार राति सुनारका श्रीमान् श्रीमती झ्यालढोका थुनेर कोइला बालेर सुतेका थिए विहान ४ बजे तिर उनको श्रीमती उठ्ने बेला उनको मृत्यु भैसकेको र श्रीमतीको पनि रक्तचाप कम भएको अवस्थामा उपचारका लागि  अस्पताल लागिएको वडा प्रहरी कार्यालयले बताएको छ। उनको  अवस्था सामान्य रहेको छ ।

    उनको शव भने घरभित्रै रहेको  र  प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । सुनार अमिलियाको शोभा होटलमा खान बनाउने काम गर्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार