Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • माओवादी केन्द्रीय समिति : यसरी निर्वाचित हुनेछन् क्लस्टरवाइज २९९ केन्द्रीय सदस्य(सुचीसहित)

    माओवादी केन्द्रीय समिति : यसरी निर्वाचित हुनेछन् क्लस्टरवाइज २९९ केन्द्रीय सदस्य(सुचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले क्लस्टरवाईज निर्वाचित हुने केन्द्रीय कमिटी सदस्यको संख्या सार्वजनिक गरेको छ ।

     



    निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शनिबार साँझ सार्वजनिक गरेको निर्वाचनसम्बन्धी सूचनामा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरुको संख्या सार्वजनिक गरेका हुन् ।



    जसमा खुल्लातर्फ १४५ जना निर्वाचित हुने छन् भने समानुपातिकतर्फ ४५ खस आर्य निर्वाचित हुनेछन् । यसमा पुरुष १२, युवा पुरुष ३, महिला २४ र महिला युवा ६ जना रहनेछन् । त्यस्तै समानुपतिककै दलिततर्फ २२ जना निर्वाचित हुनेमा पुरुष ६, युवा पुरुष १ महिला १२ र महिला युवा ३ जना निर्वाचित हुनेछन् ।

    त्यसैगरी मुस्लिमतर्फ ७ जना,मधेसीतर्फ २३ जना, आदिवासी जनजातीतर्फ ४३ जना, थारुतर्फ १० जना, अपाङ्गतर्फ २ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् । यो सवै गर्दा खुलातर्फ १४५ र समावेशीतर्फ १५४ हुन्छ । सवै गर्दा माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने छ ।

     

    माओवादीले विधान संशोधन गर्दै ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी समेटेर केन्द्रीय केन्द्रीय समिति बनाउने जनाएको छ । सवै पदमा सहमति नभए निर्वाचनका माध्यमबाट केन्द्रीय कमिटी छनोट हुनेछ ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार