Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • वीर अस्पतालभित्र सुधारको संकेत, बस्नेतलाई असफल बनाउने गिरोह भने सक्रिय

    वीर अस्पतालभित्र सुधारको संकेत, बस्नेतलाई असफल बनाउने गिरोह भने सक्रिय

    अनलाइन नेपाल
  • आइतबार, १८ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौं । केपी शर्मा ओली सरकारले प्रमुख कार्यकारी नियुक्त गरेका डा. जागेश्वर गौतम र डा. केदार सेन्चुरीको बहिर्गमनपछि वीर अस्पतालमा सुधार हुँदै गएको छ । डा. भुपेन्द्र बस्नेत हाल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै अस्पताल पूर्णरूपमा सञ्चालनमा रहेको छ ।

    दैनिक दुई हजार भन्दा बढी बिरामीले सेवा लिइरहेको, चौबीसै घण्टा पीसीआर हँुदै आएको, टिकट काट्ने ब्यवस्था सहज भएको छ भने कोभिड अस्पतालमा १ सयभन्दा बढी बिरामी उपचारत छन् ।



    आफू अस्पतालको प्रमुख बनेपछि कोभिड सोधपुछ ११३३ सञ्चालन गरेको बस्नेतले सय बेड आइसीयु सञ्चालन तयारी भइरहहेको जनाएका छन् भने इमर्जेन्सी मनिटर र आधुनिक बेडसहित सञ्चालित छन् ।



    ५००बेड क्षमताको सर्जिकल भवन पूर्णरूपमा सञ्चालन तयारी भइरहेको छ भने सीटी स्क्यान, एमआरआई, प्याथोलोजी, इमर्जेन्सी सेवा चुस्त भैरहेको सेवाग्राहीहरु बताउन थालेका छन् ।

    त्यसो त विगत लामो समयदेखि कर्मचारीले नपाइरहेको कोभिड भत्ता, औषधि खरिद खर्च पाएका छन् भने समयमै तलव पाउन थालेकाले कर्मचारीहरु पनि काममा लगनशिल भएको अस्पताल प्रशासनको दावी छ । अस्पतालले अझै सेवा बिस्तार भत्ता दिने तयारी समेत गरेको जननाएको छ ।

    यसरी अस्पताल सुधारोन्मुख गतिमा अघि बढिरहेका बेला अस्पतालका केही कर्मचारीहरु भने सेवा सुविधा दिने र अस्पतालमा सुधार गर्ने कार्यमा बाधक देखिएको वीर अस्पतालका कर्मचारीहरु नै बताउँछन् ।

    खरिद एकाई, जनरल स्टोर, मेडिकल स्टोर र सामाजिक एकाईमा बसेर करोडौं कमाएका र डा. जागेश्वर गौतम र सेन्चुरीका निकट केही कर्मचारीहरु डा. भूपेन्द्र बस्नेतलाई असफल बनाउनका लागि मेडिकल माफिया मार्फत् आफ्नो प्रभाव बढान तल्लिन रहेको स्रोत बताउँछ ।

    उनीहरु अहिले पनि वीर अस्पतालको मेडिकल सामग्री खरिद, ठेक्का, कोटेशन, कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर एकलौटी नियुक्ति र उपकरण खरिदमा कमिसन खाने धुनमा छन् ।

    मेडिकल स्टोर र जनरल स्टोरका बैकुण्ठ लुइँटेल, बायोमेडिकल इन्जीनीयर भावना बराल, स्टाफ नर्स भगवती थपलिया, अग्निधर बस्याल, लेखा शाखा प्रमुख लोक बोहरा, मेडिकल बोर्डका अरूण महतो, टीकाराम पनेरु, मेडिकल माफियासँग मिली अनियमितता गरी कमाउँदै डा. बस्नेतलाई असफल बनाउन लागिरहेको वीरकै एक कर्मचारी बताउँछन् ।

    उनीहरुले विना टेन्टर कोटेशनमा सामान खरिद गर्दै लाखौं लाख भ्रष्टाचार गरेका छन् । आफूनिकटसँग कोटेशन माग्ने गरेको, टेण्डरको गोप्य कागजात पहिल्यै आफूनिकटलाई होटल–होटलमा गएर दिने गरेको, यो समूहले टेण्डर तयारी गर्दा नै आफूनिकट सप्लायर्सलाई दिन मिल्ने गरी तयारी गर्ने गरेको स्रोतको दावी छ ।

    उनीहरुले आफूसँग सेटिङ भएका ब्यापारीलाई ‘भूपेन्द्र भनेकै हामी हौं, सामानको दररेट मिलाएर ल्याऊ भन्दै’ बिभिन्न होटलमा बसेर डिल गर्दै आएका छन् । त्यतिमात्रै होइन उनीहरुले आफूलाई अख्तियार र स्वास्थ्य मन्त्री निकट हौं भन्दै अस्पतालका अधिकांश कर्मचारीहरुलाई अनावश्यक दुःख दिने गरेको समेत कर्मचारीहरुको आरोप छ ।

    अहेब विष्णु फुयाल र अग्निधर बस्यालले त हामी नेकपा समाजवादीका मान्छे हौं भन्दै अस्पतालमा कमाउधन्दा नै चलाइरहेका छन् । उनीहरु अस्पतालका सबै शाखा, बिभागका स्टोर आफूमातहत हुनुपर्छ भन्दै प्रशासनलाई दबाब दिइरहेका छन् भने निर्देशक डा. भूपेन्द्रले गर्ने हरेक नियमित काममा भाँजो हाल्ने गरेका छन् ।

    विगतमा पनि लेखा शाखा प्रमुख बोहरा र डा. जागेश्वरको मिलेमतोमा म्याक्सिमलाई २४ करोडको ठेक्का अनियमित रुपमा दिएका थिए । अस्पतालका कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल र जनरल स्टोरमाथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारीको रमाना, टिचिङ अस्पतालबाट अनियमितता गरेका कारण जागिरबाट भावना बराललाई हटाउनुपर्ने, मेडिकल बोर्डले जथाभावी दिएका सिफारिस छानबिनलगायत माग राखी प्रधानमन्त्री कार्यालयदेखि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रालयमाम समेत उजुरी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार