Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डाको अन्त्य हुन्छ : महामन्त्री थापा

    कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डाको अन्त्य हुन्छ : महामन्त्री थापा

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा गुटबन्दी र भागबन्डाको अन्त्य गर्ने बताएका छन् ।

    आज नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले अर्घाखाँचीको दुर्गाफाँटमा गरेको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुटबन्दी र भागबन्डा अन्त्य गर्दै विधानसम्मत पार्टी चलाउने बताएका हुन् ।



    उनले गरिबीमा रहेको जनसङ्ख्यालाई कसरी उकास्ने तथा बेरोजगारीलाई कसरी रोजगारी सृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताए । कतार तथा मलेसियामा गएका युवाहरूलाई देशमै रोजगारी सृजना गर्ने कांग्रेसको अबको रणनीति हुने उल्लेख गरे ।



    महामन्त्रीमा निर्वाचित भएपछि काठमाण्डौ उपत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै नेता थापाले पालिका चुनाव वैशाखमा हुने तथा प्रदेश र सङ्घको चुनाव मङ्सिरमै हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यक्रताहरूलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार