Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसे

    प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा बसे

    अनलाइन नेपाल
  • शनिबार, २४ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।

    प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार देउवा शनिबारदेखि आइसोलेशनमा बसेका हुन्।



    माओवादी अध्यक्ष प्रचण्डलाई शुक्रबार साँझ कोरोना पुष्टि भएको थियो । प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयको भनाइ छ ।



    सचिवालयका अनुसार प्रधानमन्त्री देउवा केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै  सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।

    आइसोलेट हुनुअघि देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार