Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक आज बस्दै : स्मार्ट लकडाउनको तयारी !

    उपत्यकाका सीडीओहरुको बैठक आज बस्दै : स्मार्ट लकडाउनको तयारी !

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण बारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ। पछिल्ला केही दिनयता कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै बढेपछि काठमाडौं उपत्यकाका (काठमाडौँ, भक्तपुर र ललितपुर) सीडीओहरुको बैठक आज दिउँसो बस्न लागेको हो ।

    मुलुक भारतमा ओमिक्रोनको संख्या दिनहुँ बढिरहेको बेला नेपालमा पनि यसको संक्रमण बढ्दै गएको हो । यसअघि शुक्रबार कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी) को बैठक बसेको थियो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न निर्देशन समेत दिएका थिए ।



    प्रधानमन्त्रीले उक्त निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरुको बैठक बस्न लागेको हो। बैठक आइतबार दिउँसो बस्ने स्रोतको भनाइ छ। तर सीडीओको बैठक बस्नुअघि तीन जिल्लाको डीसीसीएमसीको बैठक पनि बस्दैछ । लगत्तै सीडीओहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने बताइएको छ।



    यस्तै, स्रोतका अनुसार आज नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ, जसमा स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ । त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार