Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एआइजी पाललाई उपाधि

    एआइजी पाललाई उपाधि

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 987
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालले हिमालयन बैंक गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्। स्टेबल फोर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटका आधारमा शनिबार सम्पन्न प्रतियोगितामा एआइजी पालले ४० अंक बटुल्दै च्याम्पियन भएर ट्रफी प्राप्त गरे।



    मोक्तान भने ३७ अंक बटुल्दा दोस्रो स्थानमा खुम्चिए। यसै गरी महिलातर्फ तारा कार्की चित्रकार पहिलो भइन्। उनले कुल ३७ स्कोर बटुलिन्। यता सिनियर विधामा भने मेजर जनरल कमलसिंह प्रधानले सफलता पाए। उनले सर्वाधिक ३४ अंक बटुलेका थिए।



    हिमालयन बैंकको आन्तरिक प्रतिस्पर्धामा जयन्द्रविक्रम शाह पहिलो भए। उनले सर्वाधिक ३१ अंक बटुले। पुरुष जुनियरतर्फटासी शेर्पाले सफलता पाए। टासीले सर्वाधिक २५ अंक बटुलेका थिए। महिलातर्फ जुनियरमा सर्वाधक १८ अंक बटुलेकी अन्भद्या मल्लले उपाधि जितिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार