Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर, कसको सरुवा कहाँ ?

    स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर, कसको सरुवा कहाँ ?

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहातमा रहेका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार स्वाथ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।

    स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड–१९ युनिफाइड (वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । यसभन्दा अगाडि अस्पतालको निमित्त जिम्मेवारीको रुपमा डा. भुपेन्द्र बस्नेत रहेका थिए ।



    नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । त्यसैगरी, औषधि व्यवस्था विभागमा महानिर्देशकमा भरत भट्टराईले जिम्मेवारी पाएका छन् । नारायण ढकाललाई भने औषधि प्रयोगशालामा पठाइएको छ ।



    लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा. राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । त्यसैगरी, कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा. रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।

    राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको डा. पोखरेलले जानकारी दिए । एचआईभी एड्स नियन्त्रण केन्द्रमा डा. सन्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

    राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका छन् । हालका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार