Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना भाइरस

    एकैदिन ३ हजार ७५ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    एकैदिन ३ हजार ७५ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्ल्लो २४ घण्टामा ३ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो पछिल्लो चार महिना यताकै धेरै हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  देशभरमा १३ हजार ०३६ नमूना परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



    यसअघि हिजो २,४४४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा २७८ जना संक्रमणमुक्त भएका छन् । यसअघि हिजो ३१३ जना डिस्चार्ज भएका थिए।



    यसैगरी, आज बुधबार कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ११ हजार ६०९  पुगेको छ।

    हाल देशभर ११,६९० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार