Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अबुधावीका दुई स्थानमा विष्फोट, तीन जनाको मृत्यु

    अबुधावीका दुई स्थानमा विष्फोट, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् ।

    यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमलाई अबुधाबी प्रहरीले बताए अनुसार ट्यांकरमा भएको विस्फोटमा ६ जना घाइते भएका हुन् । मृत्यु हुनेमा दुई भारतीय र एक पाकिस्तानी छन् ।



    सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् ।



    प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । विष्फोटमा नेपाली नागरिकको हताहतीबारे अहिलेसम्म कुनै जानकारी आएको छैन । ठूलो संख्याका नेपालीहरु वैदेशिक रोजगारीको शिलशिलामा युएईको अबुधावी क्षेत्रमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार