Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इन्धन किनेको पैसा तिर्न सरकारले १ अर्ब ८० करोड दिने

    इन्धन किनेको पैसा तिर्न सरकारले १ अर्ब ८० करोड दिने

    अनलाइन नेपाल
  • शनिबार, ८ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतसँग पेट्रोलियम पदार्थ किनेको रकम तिर्न नेपाल आयल निगमलाई सरकारले १ अर्ब ८० करोड रुपैयाँ दिने भएको छ ।

    आज शुक्रबार बसेको पेट्रोलियम पदार्थ मूल्य स्थिरिकरण कोषको बैठकले निगमलाई उक्त रकम दिने निर्णय गरेको हो ।



    निगमले भारतीय आयल कर्पोरेसनलाई यहि जनवरी २३ मा १३ अर्ब रुपैयाँ तिर्न पर्ने बताएको छ ।



    तर तेल बिक्रीबाट ११ अर्ब रुपैयाँ मात्रै संकलन भएको निगमका प्रवक्ता बिनिमणि उपाध्यायले बताएका छन् । तिर्नुपर्ने दोस्रो किस्ताका लागि अपुग रकम दिन सरकार तयार भएको निगमले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार