Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • सीके राउत केपी ओलीबाट परिचालित मान्छे हो, मैले कसैलाई धम्की दिएको छैन: मन्त्री यादब

    सीके राउत केपी ओलीबाट परिचालित मान्छे हो, मैले कसैलाई धम्की दिएको छैन: मन्त्री यादब

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 1.3K
    SHARES

    रौतहट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको दाबी गरेकी छन् ।

    मन्त्री यादवले केहीदिन अघि रौतहटमा आयोजित एक कार्यक्रमको सम्बोधनमा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिँदै हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । उक्त अभियक्तिलाई लिएर मन्त्री यादवको सर्वात्र चर्को आलोचना भइरहेको बेला उनले यस्तो दाबी गरेकी हुन्।



    आइतबार बिहान मन्त्री यादवले हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा प्रस्तोता भूपाल लुइँटेलको प्रश्नमा जवाफ दिँदै त्यसबेलाको आफ्नो अभिव्यक्तिलाई नकारात्मक प्रचार गरिएको बताइन्।



    आफू समबेदना कार्यक्रममा जाँदा विरोधीहरुले रुट नै परिवर्तन गर्न बाध्य पारिएको र उल्टै आफैँ पीडित रहेको मन्त्री यादवको भनाइ छ ।यस्तै , कार्यक्रममा बोल्दै मन्त्री यादवले जनमत पार्टीका नेता एमाले अध्यक्ष केपी ओलीबाट परिचालित भएको बताइन्।

    पछिल्लो समय मन्त्री यादबको उक्त अभिव्यक्तिले सामाजिक संजालहरुदेखि राजनीतिक वृत्तमा हलचल भइरहेको छ। यसै बिषयलाई लिएर विभिन्न संघ संस्थाहरुले मन्त्री यादबलाई तत्काल बर्खास्त गरी हिंसात्मक गतिबिधि गरेको आरोपमा गिरफ्तार गर्न माग समेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार