Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी, ५ वर्ष कैद र ५० हजार जरिवाना माग

    मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी, ५ वर्ष कैद र ५० हजार जरिवाना माग

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै नेपाली कांग्रेसका नेता रञ्जित कर्णले प्रहरीमा जाहेरी दिएका छन् ।

    उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएको जनाएका छन् ।



    मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै कांग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् ।



    यसअघि आजै मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जीत कर्णले मन्त्री रेणु यादवलाई बर्खास्त गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाएका थिए । रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् ।

    यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ । मन्त्रीको अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कार्वाहीको प्रकृया अगाडि बढाउन अनुरोध गरिएको छ ।

    त्यसैगरी गौर नरसंहार दोहोर्‍याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री यादवलाई यसअघि माघ ९ गते आइतबार तत्काल पदबाट बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको थियो ।

    समाजका सभापति गोविन्द खनालले आइतबार प्रेस विज्ञप्ति जारी गरी मन्त्री यादवलाई पदमुक्त गर्न माग गरेका हुन्। ‘आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको थियो ।

    ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।

    यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन् । बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।

    ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

    जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटक–पटक राइस मिल घटना नबिर्सन आग्रह गरेकी थिइन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले त्यतिबेला भनेकी थिइन–‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

    बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै चेतावनी शैलीमा उनले अघि भनेकी थिइन्,–‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार