Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मन्त्री रेणु यादवलाई गगनको सुझाव: इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस्

    मन्त्री रेणु यादवलाई गगनको सुझाव: इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् ।

    शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे ।



    ‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था छ, एकपटक मन्त्री नभई साधारण नागरिक भएर आफ्नो गाडी लिएर इम्बोस्ड नम्बर प्लेट बदल्नका लागि लाइनमा बस्नुभयो भने नागरिकले कति सास्ती पाइरहेको छ भन्ने अनुभूति हुन्छ’,



    थापाले अघि भने, ‘यति धेरै नागरिकलाई दुख दिन मिल्दैन, पाइँदैन । यातायात कार्यालयले सक्दैन, असारभित्र असम्भव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार