Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन: मन्त्री यादव

    गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन: मन्त्री यादव

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन्।

    मन्त्री यादवले आज एक विज्ञप्ति जारी गर्दै नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी छन् । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएकी छन्।



    मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताएकी छन्। वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेकी छन्।



    मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहूति दिने वीर सहिदको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेलाई ‘बलिदानी दिवस’ का रुपमा मनाउँदै आएको मन्त्री यादवले बताएकी छन् । जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।

    सो सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उनको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उनले उल्लेख गरेकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार