Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपत्यकाका सिडिओहरुको बैठक आज बस्दै, जोर/विजोर प्रणाली हटाउने तयारी

    उपत्यकाका सिडिओहरुको बैठक आज बस्दै, जोर/विजोर प्रणाली हटाउने तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज बस्ने भएको छ ।

    तीनवटै जिल्ला प्रशासन कार्यालयले सवारी साधन चलाउन लगाइएको जोर/बिजोर प्रणालीबारे सर्वत्र आलोचना भएपछि आज तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका हुन् ।



    कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर/बिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भन्दै गुनासा आउन थालेको छ ।



    ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जोर/बिजोर प्रणालीबारे सिसिएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव लिएर आज निर्णय लिइने जानकारी दिएका छन् ।

    सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै जोर/बिजोर प्रणाली लागू गरे पनि यो प्रभावकारी भएको देखिँदैन। चिकित्सकदेखि सर्वसाधरणहरुले यसको विरोध गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार