Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • उपत्यकामा हैजाका सक्रमित भेटिए

    उपत्यकामा हैजाका सक्रमित भेटिए

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.2K
    SHARES

    ललितपुर । काठमाडौं उपत्यकामा हैजाका सक्रमित भेटिएका छन् । बागबजार बस्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो । उनीहरूको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

    पानीजन्य सरुवा रोग हैजा भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने गर्छ । यसलाई सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ ।



    चिकित्सकका अनुसार हैजालाई तारन्तार दिशा र वान्ता भइरहने एक संक्रामक रोगका रूपमा लिइन्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्म लक्षण देखिने गर्छन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिशाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिए ।



    ‘सरसफाइको अभाव, स्वच्छ ताजा खाना र सफा पिउने पानीको अभावले यो रोग लाग्ने गर्छ,’ उनले भने, ‘दिशाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । हैजाबाट बच्न सरसफाइ तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवश्यक छ ।’ राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार