Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दरबार-धर्मशाला प्रकरण:

    योगेश भट्टराईलाई कारवाही गर्ने मन्त्री आलेको घोषणा

    योगेश भट्टराईलाई कारवाही गर्ने मन्त्री आलेको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहसँगको ठेक्का समयमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताएका छन्।

    मन्त्री आलेले बिहीबार राति ग्यालेक्सी फोरके टेलिभिजनमा प्रसारित ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा प्रस्तोता रबी लामिछानेसँगको जवाफमा यस्तो बताएका हुन्।



    पछिल्लो समय चर्चीत रहेको नारायणहिटी दरबार संग्रालयदेखि पशुपति धर्मशाला प्रकरणका सबै ठेक्का मिलेमतो र सेटिङमा बतास समूहका मालिक आनन्दराज बतासले हात पारेको छानबिन समितिले निष्कर्ष निकालेको थियो।



    कार्यक्रममा आफू देशका सांस्कृतिक सम्पदाहरु जोगाउन लागि परेको भन्दै मन्त्री आलेले गैरकानुनी र सेटिङमार्फत गरिका सम्झौता सबै भंग गर्ने दाबी गरे । त्यस्ता कार्यमा संलग्न सबैलाई कारवाही गर्ने बताए।

    उक्त सम्झौता तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालमा स्वीकृत भएको थियो। मन्त्री आले र पूर्वमन्त्री भट्टराई पछिल्लो समय एकअर्काविरुद्ध अनेकौं आरोपहरु लगाउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “योगेश भट्टराईलाई कारवाही गर्ने मन्त्री आलेको घोषणा”

    1. […] मन्त्री आलेले बतास समूहसँगको ठेक्का समयमा संलग्न सबैलाई कानुनी दायरामा […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार